काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभर संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ राजधानी फर्किएका छन्। नेपाल-चीन सीमा किमाथांकामा स्थापित सीमा सुरक्षा पाेष्ट र अरूण तेस्रो जलविद्युत आयाेजनास्थलकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली बुधबार नै त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रधानमन्त्रीका साथमा भाैतिक याेजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सांसदहरू राजेन्द्र गाैतम, परशुराम मेघी गुरूङ, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी थिए।
उनले किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्ग चाँडै एकआपसमा जोडिने अपेक्षा व्यक्त गरेका थिए। उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले बताए।
उनले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याए। उनले सरकार परिर्वतन नहुने बताउँदै भने, ‘म जनताको विश्वासले सरकारमा आएको हो। अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ।’
प्रधानमन्त्री ओलीले अरुण तेस्रो आयोजनाको कार्यप्रगतिबारेमा जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताएका थिए।
त्यसक्रममा प्रधानमन्त्री ओलीले जनसमुदायलाई सम्बाेधन पनि गरेका थिए। प्रधानमन्त्रीले सम्बोधन गरेको कार्यक्रममा सामाजिक दुरी पालना भएको देखिँदैन।
हेरौँ केही तस्बिर
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।