काठमाडौं - पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ ।
आज दिउँसो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साँज नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
भेटमा आन्तरिक समस्याको समाधान राष्ट्रिय शक्तिहरुबीचको समझदारीबाट सम्भव हुने विषयमा दुवै नेताले आफ्नो फरक धारणा राखेपनि बुझाइ एउटै भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
भेटमा अध्यक्ष लिङ्देनले अनुभवी राजनीतिज्ञको रुपमा राष्ट्रिय शक्तिहरुकाबीच चुनाव अगावै सर्वपक्षीय संवादको सार्थक पहल गर्न नेकपा अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।
भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।