झापा– झापाकाे बिर्तामोड–२ फुलबारी टोलबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजयकुमार राजबंशी, २५ बर्षीय मोहनकुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुणकुमार राजबंशी छन् । उनीहरुलाई मंगलबार अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
मोहनकुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५ ग्राम ७०० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।