एजेन्सी–भारतको बिहार विधानसभा निर्वाचनमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ। २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ।
पार्टीगत रुपमा जनता दल युनाइटेड (जेडीयु) ४३ स्थानमा विजयी भएको छ। महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। भारतीय जनता पार्टी (भाजपा) ७४ सिटका साथ दोस्रो नम्बरमा आएको छ। यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिटमा चुनाव जितेको थियो।
यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा खुम्चिएको छ।
एनडीएमा जेडीयु र भाजपाका अतिरिक्त हिन्दुस्तानी अवाम मोर्चा (हम) र विकासशील इन्सान पार्टी सामेल छन् भने महागठबन्धनमा आरजेडी, कांग्रेस र तीन वामपन्थी पार्टी सामेल छन्।
एनडीएले मुख्यमन्त्रीमा नितिशकुमारलाई अघि सारेको थियो। तीन चरणमा भएको चुनावको मतगणना मंगलबारबिहान सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।