काठमाडौं- चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नवीन लोहारलाई ठक्कर दिई फरार भएका बस चालक पक्राउ परेका छन्।
ठक्कर दिएर फरार भएका ना ५ ख ८४७४ नम्बर बसका चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनील श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिई फरार रहेका उनी बससहित पेप्सीकोलाबाट पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
उनी उपर सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।