काठमाडौं–नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। सोमबार एकै दिन प्रति तोला ३४ सय रुपैयाँले घटेको हो। सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको छ। आइतबार सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ थियो। एक सातासम्म लगातार बढेको मूल्य एकै दिनमा घटेको हो।
त्यस्तै चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १२८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि घटेको हो।
अमेरिकाले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो। अमेरिकाले पत्ता लगाएको भ्याक्सिन ९० प्रतिशतसम्म सफल भएको भनिएको छ। कोभिड महामारी विश्वव्यापी रुपमा थप तीव्र गतिमा बढ्न थालेपछि केही दिनदेखि सुनको मूल्य उच्च अंकले वृद्धि भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार एकै दिन प्रति औन्स १९६१ डलरबाट १८६१ डलरमा झरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।