• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ट्रम्पको सुन्दर असफलता

64x64
भानु बोखिम मंगलबार, कात्तिक २५, २०७७  ११:१५
1140x725

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोदशा सामाजिक सञ्जाल र मिडियामा छाएको छ। उनका अभिव्यक्तिहरु पढ्दा र सुन्दा उनी विक्षिप्त अवस्थामा छन् भन्न सकिन्छ। आफ्नो भाषणमा प्रायः सुन्दर (ब्युटिफुल) विशेषण जोड्ने ट्रम्पलाई दोश्रो कार्यकालका लागि सफलता नमिल्दा हडबडी सुरु भएको छ। 

ट्रम्पको असफलताको कारण धेरै हदसम्म उनको लोकतन्त्रप्रतिको निष्ठाको अभावसँग जोडिएको छ। लोकतान्त्रिक विधिबाट राष्ट्रपति चुनिए पनि उनले लोकतन्त्रको मूल्यमान्यतालाई नै चुनौती दिँदै आएका थिए। अमेरिकाको लोकतान्त्रिक प्रणाली निकै मजबुत भइसकेको छ, अन्यथा ट्रम्पले ध्वस्त बनाइसकेका हुन्थे।  त्यहाँ कुनै एक ब्यक्तिको तजबिजीले प्रणालीलाई पूर्ण रुपमा प्रभावित गर्न सक्दैन। यस्तो समयमा ट्रम्पले अप्रिय परिणाम स्वीकार्नुको विकल्प छैन। 

ट्रम्पले नचाहे पनि उनी अब ह्वाइट हाउसबाट बाहिरिनै पर्छ। साथै विश्व राजनीति र लोकतन्त्रको इतिहासमा ट्रम्पको कार्यकाल एक बहस र अध्ययनको विषय रहनेछ जो राजनैतिक अपरिपक्वता र खुद्रे व्यापारी शैलीको अर्थनीतिसँग जोडिएको छ भन्दा अतिशयोक्ति हुँदैन। 

लोकतान्त्रिक राजनीतिक व्यवस्था भएको देशले मानवता, समानता, सम्मान र विधिको शासनलाई अबलम्बन गरेको हुन्छ। भलै आफ्नो सामरिक तथा आर्थिक हित सोच्ने क्रममा कुनै पनि विकसित देशले लोकतन्त्रको पूर्ण र आदर्श स्वरुप देखाउन सक्दैनन्। डोनाल्ड ट्रम्पले भने मानवता, समानता, सम्मान र विधिको शासनलाई ठाडै चुनौती दिए। आफ्ना गतिविधिमा मिलेसम्म सुन्दर विशेषण जोड्न भने छोडेनन्। फेरि अमेरिका महान (अमेरिका ग्रेट अगेन) को नारा त राम्रै थियो तर उनको योजनाभने मानवतावादी थिएन। 

सुन्दर अमेरिकालाई अझ सुन्दर बनाउन मेक्सिकोको सीमामा सुन्दर पर्खाल लगाउनु नै उनको महान उद्देश्य थियो, जो अब शानदार ढंगले असफल भएको छ भन्न सकिन्छ।   

ट्रम्पले मेक्सिकोको सीमामा पर्खालको परिकल्पना अमेरिकाको रक्षार्थ गरेका थिए। मेक्सिको सीमा हुँदै मेक्सिकनमात्र हैन, अन्य तेश्रो विश्वका मानिसहरु पनि अमेरिका प्रवेश गर्छन्। यसरी प्रवेश गर्ने मानिसहरु डोनाल्ड ट्रम्पको नजरमा असभ्य र आपराधिक मानसिकताका थिए। डोनाल्ड ट्रम्पको यो सोच आफैंमा पूर्वाग्राही र एकांगी थियो। निश्चय नै यसरी प्रवेश गर्नेहरु अमेरिकाको वैभवसँग लोभिएका हुन्छन्। उनीहरुमा अमेरिका प्रवेश गरेर धन कमाउने र सुखी जीवनमा बाँच्ने लोभ पनि हुन्छ तर उनीहरु आपराधिक मनोवृत्तिका हुँदैनन्। 

एकाध आपराधिक सोचका पनि हुन्छन् होला। तर अपवादलाई सामान्यीकरण गर्नु उचित हुँदैन। मेक्सिकोको सीमा हुँदै प्रवेश गर्नेहरु अमेरिकालाई तुच्छ बनाउन हिडेका थिएनन् र हुँदैनन् पनि। ट्रम्पले भने उनीहरुलाई सधै तुच्छ र असुन्दर देख्दै आएका छन्। त्यही असुन्दर गतिविधि रोक्न सुन्दर पर्खाल लगाउन खोजे। पर्खालको उद्देश्य जीवनहरु बचाउन थियो। तर पर्खालले जीवन बचाउँदैन। केवल जीवनहरुको विभाजन गर्छ र अन्त्य गर्छ।  

ट्रम्पको कार्यकालले उनी सन्की र अनुभवहिन राष्ट्रपति हुन् भन्ने प्रमाणित गरिसकेको छ। सायद उनले जति कर्मचारी फायर गर्ने काम अन्य राष्ट्रपतिले बिरलै गरे। उनको कार्यशैली नरुचाएर उनको प्रशासनबाट हट्ने अधिकारीको संख्या पनि अन्य राष्ट्रपतिको कार्यकालभन्दा बढी छ। यी घटनाहरु ट्रम्पको राजनीतिक सुझबुझको अभाव तथा मैमात्र ठीक हुँ भन्ने भावनाको परिणाम थियो। यसले लोकतन्त्र, मानवता र विधिको शासनसँग जोडिएको अमेरिकाको छवि विश्वमा धमिलिएको छ। ट्रम्पलाई जलवायु परिवर्तनको समस्या हावादारी लाग्छ। विश्व स्वास्थ्य संगठन चीनको मतियार भएको देख्छन्। उनी कूटनीतिभन्दा बढी सिधै धम्क्याउन र प्रहार गर्नमा विस्वास गर्छन्। यही कारण उनी रिचार्ड निक्सनपछि सबैभन्दा बढी लोकतन्त्रको धज्जी उडाउने अमेरिकी राष्ट्रपति बन्न पुगेका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१८ मा प्रकाशित पुस्तक ‘हाउ डेमोक्रेसिज डाइज’ ले लोकतन्त्रप्रतिको खतरा मापन गर्न चारवटा सूचकहरु तय गरेको छ। पुस्तकका अनुसार निक्सनपछि ओबामासम्म आउँदा कुनै पनि राष्ट्रपतिले पूर्ण रुपमा कुनै एक  सूचक पनि मिचेका थिएनन्। तर डोनाल्ड ट्रम्प यस्ता अमेरिकी राष्ट्रपति बने कि ती चारवटै सूचकलाई उनी एक्लैले मिचिदिए। त्यसमध्ये सबभन्दा धेरै मिडीयाको स्वतन्त्र तथा स्वायत्ततता र विपक्षको अस्तित्वमाथि चुनौती दिए र लोकतन्त्रमाथि धावा बोले।

उनले आफ्नो काममाथि आलोचनात्मक दृष्टि राख्ने तथा आफ्नो कमजोरी खोतल्ने मिडियालाई प्रायोजित ठाने। प्रायोजित मिडियाले कृत्रिम र बनावटी समाचार लेखेको आरोप लगाइरहे। आफूले मात्र जित्नु पर्छ र प्रतिपक्ष हुनुहुँदैन भन्ने मनोविज्ञानबाट ट्रम्प अझै बाहिर आउन सकेका छैनन्। अझै पनि जो बाइडनको जीत र आफ्नो हारलाई स्वीकार्न सकेका छैनन्। जर्ज फ्ल्योइडको मृत्युमा उनले स्वायत्तताभन्दा पनि स्वेत प्रभुत्वको मनोविज्ञान देखाए। परिणामतः अमेरिकामा हिंसा भड्कियो। ट्रम्पका यी गतिविधि निश्चय नै लोकतन्त्रप्रति कटिवद्ध ब्यवहार थिएनन्। लोकतन्त्रप्रति प्रतिवद्ध नहुनले व्यक्तिमा निरंकुश हुने गुणहरु प्रसस्तै हुन्छ। यस्तो ब्यक्तिले मानवताको रक्षा गर्न र सुन्दर समाज निर्माण गर्न सक्दैन। 

अमेरिकाको राजनीतिले प्रत्यक्ष–प्रत्यक्ष रुपमा विश्वभरि नै प्रभाव पार्छ। साथै अमेरिकी राजनीतिक गतिविधिले विश्वभरि नै सन्देश प्रवाह गरिरहेको हुन्छ। यसकारण पनि अमेरिकाको राजनीति सभ्य र सुसँस्कृत हुनुपर्छ। लोकतन्त्रको नाममा कुनै पनि अमेरिकी राष्ट्रपतिको कार्यकालले आदर्श मानक स्थापित गर्न सकेको छैन तर ट्रम्पको जस्तो छताछुल्ल र निरस परिदृश्य पनि देखिनु हुँदैन।

तसर्थ अरु विश्वले ट्रम्पले हार्दा वा बाइडनले जित्दा हाताहात के पाउँछन् भन्ने प्रश्नको अर्थ छैन। राष्ट्रवादको नारा उरालेर स्वेच्छारी हुन खोज्नेले जनतालाई सधैं भ्रममा पार्न सक्दैन भन्ने सन्देस महत्वपूर्ण छ। लोकतन्त्रसँग मानवता जोडिन्छ, अनि मानवतासँग जाति, लिंग तथा ब्यक्तिको अधिकार, सम्मान र उनीहरुको विकासको कुरा जोडिन्छन्।

निश्चय नै यी विषयको कुरा गर्दा अहिले ट्रम्प जोडिएर आइपुग्छन्। तर यो अहिलेको जल्दोबल्दो राजनीतिक घटना भएकोले पात्रको रुपमा ट्रम्प देखिएका हुन्। वास्तवमा यो ट्रम्पको विरोध र बाइडनको समर्थनको विषयमात्र हैन। यो एउटा शक्तिशाली ब्यक्तिले समग्र बिश्वको हित सोच्छ कि सोच्दैन भन्ने सवालमा सृजित प्रतिकृयाहरु हुन् । किनकि एक शक्तिशाली राष्ट्रको नेताको सोच, अभिव्यक्ति र ब्यवहारले विश्वको समाजलाई प्रभावित पारिरहेको हुन्छ। 

 डोनाल्ड ट्रम्पको राजनीतिक यात्राले लोकतन्त्रको सबल र दुर्बल दुवै पक्षलाई उजागर गरेको छ। लोकतान्त्रिक प्रणालीमा अरुलाई विस्वास दिलाउन सक्नेले नेतृत्व गर्ने हो। यसरी विस्वास दिलाउन सक्नेहरु लोकतन्त्रप्रति प्रतिवद्ध नहुन पनि सक्छन् भन्ने उदाहरण हुन् ट्रम्प। यही व्यवस्था हो जहाँ जनताले लोकतन्त्रप्रति प्रतिवद्ध नभएकालाई मतद्वारा नै पाखा लगाउँछन् । डोनाल्ड ट्रम्पजस्तो स्वेच्छाचारी, सन्की ब्यक्ति अमेरिकाको राष्ट्रपति हुनु लोकतन्त्रको कमजोर पक्ष हो, तर सुन्दर र सबल पक्षपनि यही हो कि उनलाई अमेरिकी जनताले निर्वाचनबाटै ह्वाइट हाउसबाट बाहिरिन आदेश दिएका छन्। 

चार बर्षे कार्यकालको श्रृंखलामा डोनाल्ड ट्रम्पले धेरै कुरुप दृश्यहरु सृजनाहरु गरे । परिणाम राष्ट्रपतिको दोश्रो कार्यकालको दौडमा उनले असफलता हात पारेका छन्। असफलताले उनलाई विक्षिप्त र आक्रोशित बनाए पनि धेरैलाई सुन्दर र मीठो लागिरहेको देखिन्छ। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्