काठमाडौं- सरकारले बंगलादेशसग पैँचाे मल नपाएपछि आफैं खरिद गर्ने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रीपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।
यसअघि सरकारले बंगलादेशसँग पैँचाेमा मल मागेकाे थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले नै समकक्षीसँग पैँचाै मल मागेका थिए। तत्कालीन समयमा दिने प्रतिबद्धता जनाएकाे भनिएपनि नेपालमा मल आएन। मल पैँचाे नआएपछि सरकारले फेरि बंगलादेशसँगै खरिद गर्ने निर्णय गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।