काठमाडौं– मूर्तिकार हरि खड्काको हत्यामा संलग्न एक व्यक्ति १५ महिनापछि पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खड्काको हत्यामा संलग्न भएको आरोपमा मकवानपुरगढी गाउँपालिका–१ का २८ वर्षीय कुमार भन्ने मानकुमार थिङलाई मकवानपुरगढी गाउँपालिका–१ ठाँटिटोलबाट पक्राउ गरेको हो।
उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई ललितपुर बालकुमारी बसेर मूर्तिको काम गर्दै आएका खड्काको गत वर्षको साउन २८ गते हत्या भएको थियो।
खड्का र थिङबीच मूर्ति बनाउने क्रममै ८/९ वर्ष पहिलेदेखि चिनजान भएको थियो। खड्काको श्रीमती र थिङबीच अनैतिक सम्बन्ध रहेको कुरा खड्काले थाहा पाएका थिए। त्यसपछि खड्का र थिङबीच विवाद भएको थियो।
विवाद भएपछि गत वर्षको साउन २५ गते ललितपुरको गुहेपोखरीमा थिङले खड्कालाई बोलाएर कुटपिट हत्या गरेर फरार भएका थिए। हत्यामा संलग्न भएको आरोपमा यसअघि प्रहरीले धने भन्ने आरुष थिङ, मृतककी श्रीमती विष्णु खड्का, दीपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई पक्राउ गरिसकेको थियो।
पक्राउ परेका थिङलाई कारवाहीको लागी महानगरीय प्रहरी परीसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।