काठमाडौं- आकर्षक रोजगारीको प्रलोभनमा मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
२३ वर्षीया महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाइदिने प्रलोभनमा १० वर्षसम्म यौन शोषण गरी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्याई बेचबिखन गरी फरार रहेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका- ९ लामाटार बस्ने ५५ वर्षिय गौतम लामालाई मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
निज अभियुक्तलाई लामाटारस्थित घरबाटै कात्तिक १९ गते पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।