काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिल्न नसकिने भए फरक फरक बाटोबाट जाउँ भन्ने प्रस्ताव प्रचण्डबाट आएको दाबी गरेका छन्। सँगसँगै जान सकिँदैन भने आ-आफ्नो बाटोबाट जाऔं भन्ने प्रस्ताव पार्टीका अन्य साथीबाट आएको प्रचण्डले आफूलाई सुनाएको उनले बताए।
एपी वान टिभीको टक शोमा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको वार्ता सीमा सन्दर्भमा रहेको बताए।
नेपालको तर्फबाट सीमाका आफ्ना तर्क राखेको सुनाउँदै उनले भने, ‘दूतले भारतीय पक्षको कुरा भन्ने भन्दैन। उता गएर सुनाउँछमात्रै।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।