काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अबको नेतृत्व नयाँ पुस्तालाई दिन प्रस्ताव गरेका छन्।
उनले ७० पुगेका र आसपास रहेका सवैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने एपी १ टिभीमा दिएको अन्तवार्तामा बताएका हुन्।
उनले भने, ‘अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं। केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छाैं। उनीहरुले दाबी छाडौं।’
उनले अर्को मापदण्डका पनि तय गर्न सुझाएका छन्। जो एकपल्ट प्रधानमन्त्री भइसकेको छ र महत्वपूर्ण ओहोदामा बसेको छ। उसले दाबी गर्न नपाउने पनि बताउँछन्। यसैगरी कुनै पनि प्रकारको शक्तिमा नपुगेकालाई नेतृत्व दिनपर्ने उनको भनाइ थियो।
उनी भन्छन्, ‘जो प्रम भइसक्यो। जो महत्वपूर्ण ओहोदामा बसिसक्यो। जो तीन दशकदेखि पावरमा छ। उसैले फर्की फर्की लडाइँ किन गरिरहेको छ?’ उनले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेतालाई नेपाललाई लक्ष्य गरी यो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।