दुबई- आगामी वर्ष युएईमा हुने एएफसी एसियन कपको समूह विभाजन गरिएको छ। पहिलो पटक २४ टिमबीच प्रतिस्पर्धा हुन लागेको प्रतियोगितामा ६ समूहमा ४-४ टिम राखिएको छ।
शुक्रबार दुबईमा भएको 'ड्र' को समूह एमा आयोजक युएई, बहराइन थाइल्यान्ड र भारत परेका छन्। समूह बीमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया जोर्डन, प्यालेस्टाइन र सिरिया समावेश छन्। यस्तै समूह सीमा दक्षिण कोरिया, चीन तथा पहिलो पटक सहभागी हुन लागेका किर्गिस्तान र फिलिपिन्स छन्।
समूह डीलाई ग्रुप अफ डेथ मानिएको छ। जहाँ तीन पटकको विजेता इरान र २००७ को च्याम्पियन इराक छन्। यस्तै यो समूहमा भियतनाम र यमन पनि परेका छन्।
समूह ई मा २ पटकको विजेता साउदी अरेबियासँगै सन् २०११ को आयोजक कतार र लेवनान छन्। यो समूहमा उत्तर कोरिया पनि छ।
एसिया कपको सवैभन्दा बढी चार पटक उपाधि जित्ने टिम जापान समूह एफ मा परेको छ। यो समूहमा उज्वेकिस्तान, ओमान र तुर्कमेनिस्तान पनि समावेश छन्।
एसियाको सर्वाधिक ठूलो प्रतियोगिता एसियन कपमा कुल १ करोड ४८ लाख डलरको पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता आगामी जनवारी ५ मा सुरु भएर फेब्रुअरी १ मा समापन हुनेछ।

समूह विभाजन
समूह ए
युएई
थाइल्यान्ड
भारत
बहराइन
समूह बी
अस्ट्रेलिया
सिरिया
प्यालेस्टाइन
जोर्डन
समूह सी
कोरिया
चीन
किर्गिस्तान
फिलिपिन्स
समूह डी
इरान
इराक
भियतनाम
यमन
समूह ई
साउदी अरेबिया
लेवनान
कतार
उत्तर कोरिया
समूह एफ
जापान
उज्वेकिस्तान
ओमान
तुर्कमिनिस्तान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।