काठमाडौं- स्रोत नखुलेको ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन्। बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ।
यसैबीच काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।