काठमाडौं–प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ।
समूह चरणअन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब ब्रागालाई ४–० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो।
घरेलु मैदानमा लेस्टरले २१ औं मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो। त्यसपछि ४८ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए।
खेलको ६७ औं मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए। त्यसपछि ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टररलाई ४–० को जित दिलाए ।
जितसँगै लेस्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ। समूह जीको लेस्टरले ३ खेलमा ९ अंक जोडेको छ। लेस्टर समूहको शीर्ष स्थानमा रहेको छ। क्लब ब्रागा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।