काठमाडौं–इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ। समूह चरणअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा एक गोलले पछि परे पनि आर्सनलले पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो।
इमिरेट्स स्टेडियममा २२ औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए।
तर, ४५ औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी पुग्योखेलको ६२ औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २–१ को अग्रता बनायो।
७० औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।
जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ।
समूह 'बी' मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा रहेको छ। मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।