काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले तीन प्रतिष्पर्धी मध्ये पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
डा दामोदर बसौला, डा कृष्णप्रसाद अधिकारीको र पौडेललाई सिफारिस गरिएकोमा पौडेललाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। जनस्वास्थ्य विषयका ज्ञाता पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्छन्।
यसअघि नियुक्त रमेश पोखरेलले कार्यकाल नसकिँदै राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो। निर्देशक पदका लागि मागिएका आवेदनमा लोक सेवा आयोगले तीन जनाको नाम सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।