काठमाडौं- काठमाडौं महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौंको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर लामा, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई काठमाडौं तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन्।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको चरेशसहित उनीलाई पक्राउ हो। अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि बिहीबार नै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।