काठमाडौं– बैंकिङ कसुरको मुद्दाका एक फरार व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वीरगञ्ज महानगरपालिका–६ माइस्थानका ५८ वर्षीय सत्य नारायणप्रसाद रौनियारलाई बुधबार काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो।
मन्दिपकुमार थापा र सन्तोषकुमार चौधरीले रौनियारविरुद्ध बैंकिङ कसुरका दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए। उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।
रौनियारले आफ्नो खातामा रकम नरहेको थाहा हुँदाहुँदै सापटी लिएको रकम फिर्ता दिने भन्दै रकम नभएको खाताको चेक दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।