• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोना अनुभव : यथार्थ र भ्रम 

शारदा अर्याल शुक्रबार, कात्तिक २१, २०७७  ०८:१४
1140x725

जीवन आखिर डार्बिनले भनेजस्तै बाँच्नका लागि संघर्ष रहेछ। विश्व आज यसै विषयमा सबैभन्दा बढी तल्लीन र भयभित छ। झन्डै १० महिना अगाडिदेखि चीनबाट उत्पत्ति भई संसारभर फैलिरहेको यो रोग कोभिड–१९ बाट उच्च सुरक्षा र सतर्कता अपनाउँदा पनि म र मेरो श्रीमान अछुतो रहन सकेनौं।

यो कसरी लाग्यो भनेर हामी दुवैले हाम्रा गतिविधिहरु नियाल्यौं। तै पनि यहीबाट सर्‍यो भनेर यकिन गर्न सकिएन। दुवै कानुन व्यवसायी भएकाले लकडाउन र निषेधाज्ञा सकिएपछि पेशालाई निरन्तरता दिनुपर्ने अहम दायित्व भएकाले चुप लागेर घर बस्न आर्थिक, नैतिक र कानुनी दायित्वले हामीलाई दिएको थिएन। पेशागत यात्रामा निस्कनुपर्ने हामी जोडीको मात्र होईन सबै कानुन व्यवसायीहरुको बाध्यतात्मक अवस्था थियो। यस रोगका कारणले शारीरिक श्रम गर्नेहरु सबैभन्दा बढी प्रभावित भए भने बौद्धिक श्रम गर्ने कानुन व्यवसायीहरु दोस्रो बढी मारमा परे।

यसै सन्दर्भमा  सधै आफ्नोभन्दा पनि अमेरिकामा बस्दै आएका भाइ, आफन्तहरु र साथीहरुको अवस्थाले मलाई अलि बढी चासो लाग्थ्यो। उनीहरुको सोधखोज गर्ने र अवस्था के छ भनेर मलाइ पिरोलिरहन्थ्यो। किनकि अमेरिका सबैभन्दा बढी प्रभावित भएकाले होला म बेलाबखत धनु दाइसँग सकेसम्म सबैका बारेमा सोध्थेँ।  घर आँगनमा आईपुगेको चाडमा घर जाने, रमाउने कुरा यस वर्ष त्यति निर्धक्कसँग गर्न जाँगर र उमंग त थिएन। तै पनि डेढ–दुई घण्टा दूरीकाे मेलम्ची घर जानुपर्छ भन्ने सोच थियो। माइती अलि टाढा गुल्मी जान सकिने अवस्था  थिएन। त्यसमा पनि घरमा ८० बसन्त पार गरेकी बुढीसासु, जेठो छोराबुहारी र नातिनी घर आउछन् भन्ने आशा राख्ने ६० वर्ष नाघेका सासूससुरा अनि ५ वर्षको छोरीलाई हाम्रो कारणले केही नहोस् भनेर हामी पनि पिसीआर परीक्षणका लागि टेकु अस्पताल गयौँ। 

त्यहाँ जाँदासम्म हामी सबैलाई त्यति गाह्रो भैसकेको थिएन। ५-६ दिनदेखि मलाई जिउ दुखिरहेको थियो। सबै कपडा धुने, घर सफा गरेर होलाजस्तो लागेको थियो।  एकदिन त  १०० डिग्री ज्वरो आयो। तर सिटामोल खाएपछि एकैदिनमा निको भयो। फेरि अर्को दिन बिहान ९ बजेतिर छोरीलाई पनि १००.४ डिग्री ज्वरो आयो। अनि उनलाई १० एमएल फ्लेक्सन खुवाइयो कम भयो। फेरि बेलुकी सात बजे नानीलाई ९९ डिग्री ज्वरो आयो। फेरि फ्लेक्सन खुवाएपछि कम भयो। ज्वरो त आएन तर मलाई शंकाको कारणले रातभर निद्रा परेन। पटक पटक छोरीको तापक्रम नाप्दै बसेँ।

३-४ दिनदेखि श्रीमानलाई पनि अलिअलि रुघा र सुख्खा हल्का खोकी लागेको थियो। अनि उहाँलाई पनि १०० डिग्री ज्वरो आयो।  मौसमी रुघा हो कि भनेर घरेलु औषधि र सिटामोलमै सीमित रह्यौ। तर छोरीलाई ज्वरो  आएपछि अब जाँच गर्नुपर्छ भनेर हामी पिसीआर परीक्षणका लागि टेकु अस्पताल गयौँ। स्वाब दिएर आइयो।  मेरो नाकबाट स्वाब निकाल्दा अलि दुखिरहेको थियो। त्यसै राति १ बजेबाट टाउको दुख्न थाल्यो। यति दुख्यो कि त्यसअघि जीवनमा त्यस्तो अनुभव थिएन। अरु बेला टाउको दुख्दा एउटा निम्स खाएपछि निको हुन्थ्यो। यसपटक छुँदै छोएन। फेरि सिटामोल खाएँ। त्यसपछि सहन सक्ने खालको भए पनि कमचाहिँ भएन। 

अर्को दिन ३ बजे रिपोर्टको मेसेज आयो। किचनमा चिया पकाउँदै थिए। यसो हेरेको मेरो पोजेटिभ रहेछ।, होइन कि भनेर फेरि पुरै पढेँ। मेरै हो रहेछ। यो हेर्दा ढुकढुकी बढ्यो, जिउ गलेर आयो। थचक्क डाइनिङको कुर्चीमा बसेँ। आफ्नो त खत्तम भयो अब छोरीको के भयो भनेर हेर्दै थिएँ अर्को कोठाबाट श्रीमान आउनु भयो। आफूले मेसेज थाहा नपाएको पाराले सोधेँ–तपाईलाई मेसेज आयो? अनि उत्तरमा भन्नुभयो–आयो। 

फेरि भन्नुभयो–आयो मैयाँ, तर बर्बाद भयो, पोजेटिभ आयो।

यसपछि त मेरो झन होसहवास गुम्यो। एकदम छटपटी भयो। आँखा रसाए। छोरीको रिपोर्ट आएन? भनेर फेरि प्रश्न गरेँ। सायद छोरीको फर्ममा मैले मेरो फोन नम्बर राखेकोले हो कि जस्तो लाग्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि श्रीमानको उजाड अनुहारले मलाई प्रश्न गर्नुभयो–तिमीलाई  मेसेज आएन?

मैले भनेँ–आयो।

अब छोरीको पनि पोजेटिभ आयो भने के गर्ने होला भनेर दुवै चिन्तित भयौ। एकछिनमा समालिएर छोरीको जानकारीका लागि टेकुमा कल गरेँ। 

‘आउछ नआतिनु,  फरक–फरक ठाँउमा इन्ट्री हुन्छ,  त्यसैले अगाडि-पछाडी रिपोर्ट आउछ,’  भन्ने जानकारी पाइयाे। 

एकछिनमा पुनः  मेसेज आयो। छोरीको नेगेटिभ रहेछ। बल्ल भगवानको याद आयो। 'धन्य प्रभु !' छोरीको रिपोर्ट नेगेटिभ आउँदा हामीलाई कोरोना आधा निको भएजस्तो भयो। अनि आमाबुवालाई सम्झिएँ। भारी मन भयो। भाइबहिनीलाई सम्झेँ। अब समस्या भयो–छोरी जोगाउने। त्यसपछि एमबिबीएस सकेर प्राक्टिसमा रहेका फुपूका छोरा भाइ डा अंकित ज्ञवाली र एमबिबीएस सकाउन लागेकी बहिनी प्रतिभा ज्ञवालीलाई सल्लाहका लागि फोन गरेँ। उनीहरुले १ घण्टा यति सम्झाएकि अब हामी तपाईंहरुलाई केही हुन दिन्नौँ र नानीलाई पनि केही हुँदैन भनेर सावधानी अपनाउने तरिका बुझाएर ढुक्क गराए। केही औषधिको नामको सूची पठाएर तत्काल  किन्न र खान अह्राए। 

उनीहरुले दिएकाे सूची यस्ताे थियाे-

१‍. एसभिट भन्ने भिटामिन सी ट्याबलेट १५ दिनका लागि ९दिनमा १ पटक खाने०
२. भिगोरान क्याप्सुल १५ दिनका लागि ९दिनमा १ पटक खाने०
३. जिङ्क–डिटि २० १५ दिनका लागि ९दिनमा १ पटक खाने०
४. एझिबेस्ट ट्याबलेट  ५ दिनका लागि ९दिनमा १ पटक एउटै समयमा खाने०
५. आइभर डिटी ट्याबलेट  ५ दिनका लागि ९दिनमा २ पटक खानापछि  एउटै समयमा खाने०
६. प्यारासिटामोल टाउको दुखेमा ६ देखि ८ घण्टाको फरकमा खाने
७. दिनमा ६ लिटर पानी कम्तीमा पनि खाने, दिनमा ३ पटक नुनपानीले मुख कुल्ला गर्ने। 
८. दिनमा ३ पटक टिमुर, ज्वानो, कपुर र बामरी राखेर बाफ लिने  
९. विहान ६ बजे उठेर ब्रिदिङ अभ्यास गर्ने ९२ पटक, युट्युब हेरेर०
१०. कागती पानी ३ वटा कम्तीमा एक दिनमा  खाने
११. गुर्जो, बेसार, ज्वानो र गरम मसलायुक्त पानी बिहान बेलुका खाने
१२. जे मन लाग्छ त्यही खानेकुरा  खाने तर गुलियो कम खाने , प्रोटिनयुक्त खाना ,जस्तै क्वाँटी, साग, च्याउ, बरेला, कुरिलोको सुप तातो खाने । फलफुल प्रशस्त खाने, दालको रस, दुध पिउने, अमला पनि खाने। 
१३. पानीमा धेरै नखेल्ने तर तातो पानीमा अलिकति डिटोल राखेर नुहाउने, बिहानको घाममा सकेजति बस्ने। प्रत्येक दिन लगाउने र सुत्ने कपडा धुने र डिटोलमा राखेर मात्र सुकाउने । 
१४. एउटा अक्सिमिटर किनेर अक्सिजनको लेभल नाप्ने बिहान, दिउँसो र बेलुका, ९३ भन्दा कम हुन लागेमा लामो श्वास लिने, फेर्ने । योगा गर्ने ।

यसैलाई अक्षरशः पालना गर्नका लागि अब बहिनीलाई सबै औषधि किनेर ल्याउन लगाएँ। एकचित्त  भएर पालना गरियो। तर सिटामोल भने २ घण्टाको फरकमा नखाए नसकिने भएर दिनमा १० वटासम्म पनि खाएँ। अब औषधि र सुरक्षाको सहारामा छोरीका लागि भए पनि बाँच्नै पर्छ र यसलाई जित्नै पर्छ भनेर लागियो। 

यसैबखत एक आदरणीय कानुन व्यवसायी दाजु गणेशमान प्रधान पनि यसै रोगसँग लडदै हुनुहुन्थ्यो। हामीहरु सकेसम्म उहाँको अवस्थाबारे सधै सोध्थ्यौ । त्यो दिनको हाम्रो रिपोर्ट आएको कुरा भनेपछि उहाँले पनि उस्तै कुरा र औषधि खान सल्लाह दिनुभयो, धेरै सम्झाउनुभयो। यही अनुरुप गरियो। राति हुँदै गएपछि छटपटि बढ्दै जान्थ्यो। सायद २ घण्टा पनि निद्रा लाग्दैनथ्यो। बिहान कतिखेर होला र प्रधान सरलाई फोन गरेर यस्तो पनि हुन्छ कि हुँदैन भनेर सोधौ जस्तो हुने, अनि उहाँले भने पछि सान्त्वना हुँदै जाने भयो। अर्को दिन घटस्थापना थियो। बिहानै बेडबाटै नानीले आज त दसैं हो हामी घर नजाने? भन्दा मन चिसो भयो।

फेरि औषधिको जोहो गर्न  लागेको थिएँ, साथी रश्मी काफ्लेको फोन आयो। उ सर्वोच्च अदालतको स्वास्थ्य शाखामा बसेको हुनाले मेरो मित्रवत सम्बन्ध थियो। उसलाई मेरो बारेमा सबै भनेपछि छोरीलाई अरुकोमा राख।, नभए घर पठाईहाल भनेपछि म झन डराएँ। अनि उसले थपी–म यति अंग्रपक्तिमा रहेर स्वाब संकलन गरेर पनि सुरक्षित छु, साबधानी किन नअपनाएको भन्न थाली। हो जस्तो लागेर चुप लागेँ। 

सबैकुरा गरेर राम्रो सँग सम्झाएपछि छोरी घरमा पठाउने निर्णय गरी पकाएको खानासमेत नखुवाई घर पठाइयो। यसो छोरीको अनुहार हेरेँ । मन रोइरहेको थियो। छोरी घर गयौ। यदि मरेँ भने तिम्रोलागि यही अन्तिम भेट र स्मरण हुनेहोला भन्ने सोचेर गहभरि आँशु भयो। 

‘मामु हजुरलाई हेड्याक भइराछ मेडिसिन खानु, केयर गर्नु ठीक हुन्छ, अनि मेलम्ची आउनु है’ भन्दै बाई गर्दा चिच्याएर रुन मन लागेको थियो। 

एकछिनमा फेरि सम्हालिएँ र बिरामी सेड्युलको पालनामा लागेँ। भगवानलाई प्रार्थना गरेँ–हे भगवान केही नहोस्। सधैं नुहाएर, पुजापाठ गरेर पानी चिया खाने, मेरो दिनचर्या अब परिवर्तन भयो। उभिन नसक्ने गरी टाउको दुख्ने, चक्कर चल्ला जस्तो भएर उभिन नसक्ने भयो। केहीबेर पछि पखाला पनि सुरु भयो र एकैदिनमा निकै कमजोरीको अनुभूति भयो। जेनतेन ४ पुरिया जीवनजल र एउटा मेट्रोनिडाजोल खाएँ। जिङ्क खाएपछि केही हुँदैन भन्दै थिए डाक्टर भाइबहिनी। तै पनि मलाइ अरु समयमा निको हुने अनुभव भएकाले खाएँ। २ दिनको पखालाले मलाई साह्रै गाह्रो भयो। टाउको दुखेको दुख्यै थियो। झन्डै सरलाई पखाला लागेन र मलाई जत्ति टाउको पनि दुखेको थिएन। त्यसैले खाना पकाएर खान सकियो। 

अन्यत्रजस्तो हामीलाई भाडामा बसे पनि अपमान भएको अनुभव भएन। एउटै घरमा बस्ने सीता न्यौपाने म्यामको सहयोग, माया र सदभावको म ऋणी भएको महसुस गरेँ। घरबेटी आमा सुभद्रा रानाभाटको पनि म ऋणी भएँ। हरेक दिन सम्झाउने र हरेक कुराको जोहो गर्ने मेरो आफ्नै बहिनीको माया र सहयोगको पनि म ऋणी नै छु । यहाँका छरछिमेकीहरु, समाजसेवी नातागोता र चिनजान हुने सबैले राम्रो व्यवाहार र सकारात्मक ऊर्जा थप्नुहुन्थ्यो। समाजमा उहाँहरुको सेवाको भाव जो कोहीले बाहिरैबाट देख्न सक्थ्यो।

 यसरी दिन बित्दै गए। एकदिन राति धेरै गाह्रो भयो। श्रीमानलाई म त सकिनँ सास फेर्न गार्‍हो भयो’ भन्दै थिएँ। अलि अलमल भए झैँ गर्नुभयो। फेरि पाँच–छ मिनेट जत्तिलामो श्वास लिने–फाल्ने गरेपछि केही रिलिफ भयो। राति फेरि १ बजेतिर गाह्रो भयो। नजिकै रहेका दाजु राम लम्साललाई फोन गरेँ। उहाँ भक्तपुर जिल्ला जनस्वास्थ्यमा कार्यरत भएकाले सोही दिन नै नामको सूची हेरेर थाहा पाउनु भएको थियो। सल्लाह पनि दिइरहनु भएको थियो। अनि भनेँ– म त हस्पिटल जान्छु, मलाई लैजानु।

 उहाँले ‘नानी नआत्तिनु जीवन विज्ञान भन्ने युटयुब हेरेर त्यहाँ एउटा फोक्सोको सौर्य कान्ति योगा र ध्यान विधि छ, त्यो गर। अनि गाह्रो भयो, कम भएन भने नागरिक हस्पिटलकै आईसीयुमा जाउँला’  भनेपछि  तुरुन्त युट्युब हेरेर फोक्सोको योगा गरेँ। 

त्यसपछि मलाई प्राणवायु पाएको अनुभूति भयो। फोन गरेर ‘कम भयो’ भनेपछि दाजु पनि खुसी हुनुभयो र भन्नुभयो–गाह्रो भयो भने यही गर। म त्यो दिन सुतेँ। निद्रा पनि लाग्यो। अर्को  दिनदेखि यो योगालाई निरन्तरता दिएँ। औषधि खाँदै गर्दा कम हुँदै गयो। यसो बेलाबेला मोबाइल खोल्यो। दुःखदबाहेक केही नभएको हुनाले एकदम कम प्रयोग गरेँ। समय पनि दसैं आएको जस्तो थियो। अलिअलि चहलपहल पनि थियो। 

छोरीले सधैं घरमा जमरा उम्रिसक्यो आउनुभन्दा ठूलो ढुङगाले थिचेजस्तै भारी मन हुन्थ्यो। अनि बाबाले  ‘हामी जमरामा पाँच वटा पात आएपछि आउछौं,’ भनेपछि उनी प्रत्येक बिहान जमराको पात गन्ने गर्न थालिन्। तै पनि फोनैपिच्छे घर आउनु भन्न छाड्दिनथन्।

 यति सबै कुरा मेरा आफ्ना अनुभव हुन्।

 बाहिरबाट हेर्दा सामान्य लागे पनि यहाँ एउटा कोरोनाबाट कसरी मुक्ति पाइयो भन्ने कुरा उल्लेख गर्नमात्र खोजेकी हुँ। विश्व स्वास्थ्य संगठन र नेपालमा पनि जारी भएको आइसोलेसनको मापदण्ड पुरा गरेर केही थप दिन आइसोलेसन बसी १८ दिनपछि पिसिआर परीक्षण गर्दा नेगेटिभ आयो। तै पनि अझै टाउको दुख्न छाडेको छैन, कमजोरी अनुभव प्रशस्तै छ। 

अन्तमा म आफूले कोरोना जितेकोमा सबैलाई एउटै कुरा भन्न चाहन्छु। कोरोनालाई हल्ला चलेको परिभाषाको रुपमा  नलिऔँ। यो सुन्दा, भन्दा र भोग्दा पुरै फरक अनुभव र पीडा महसुस हुन्छ। त्यसैले मास्कको उचित प्रयोग गरौं। सौर्य कान्ति योगा सबैले गरौं। स्वास्थ्य अनुशासन कायम गर्न काम निकालेर हिड्ने बानी नियन्त्रण गरौं। सबैभन्दा ठूलो कुरा नआत्तिउँ। कोरोना लागोस् भन्ने कसैको रहर हुँदैन। रोग सोधेर, वर्ण, धनी गरिब आदि हेरेर लाग्दैन। कोरोना लागेकाहरुका छरछिमेकीले पनि मानवीय व्यवहार गरौँ। लक्षण देखिए सकिन्छ भने परीक्षण गरौँ, सकिदैन भने पनि स्वास्थ्य अनुशासन कायम गरौँ। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनको मूल्य बढ्यो
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने बुधबार, वैशाख २३, २०८३
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
सुनको मूल्य बढ्यो बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्