काठमाडौं- नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्ष यादव प्रसाद काइरालालाई बोर्डमा एक कार्यक्रमका बीच स्वागत गरिएको छ। स्वागत कर्यक्रममा बोर्डका कार्यकारी समितिका सदस्यहरु, कार्यकारी प्रमुख तथा बोर्डमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
नवनियुक्त सचिव कोइरालाज्यूले विश्वव्यापी महामारी कोभिड –१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउँदै यसका लागि निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताए।
निजी क्षेत्रबाट बोर्डको कार्यकारी समितिमा प्रतिनिधित्व गर्ने दिपक महतले आजको बिषम र प्रतिकुल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिएका थिए।
स्वागत कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत ब्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयहरुमा गरेका थिए।
बोर्डको एकल युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयहरुमा धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।