स्याङ्जा–एकै दिन १११ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसलाबाट कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका १११ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत इकाईबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजाना, लागुऔषध, मानव बेचविखन, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, कुटपिट, लुटपाटलगायत मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गर्ने तयारी भएको स्याङ्जा प्रहरीले जानकारी दियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।