बिबिसी- यदि अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाममा कुनै चुनौती पैदा भयो भने यसमा विशेषतः स्थानीय निर्वाचन अधिकारी, पार्टीका कानुनी टिम, प्रान्तीय अदालत र सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका हुने गर्छ।
यदि मत परिणाममा कुनै पनि किसिमको चुनौती पैदा भएमा स्थानीय निर्वाचन अधिकारीले पुनः मतगणना गरेर नतिजा बताउन सक्ने विकल्प पनि छ। त्यसैगरी पार्टीका कानुनी टिमले निर्वाचनको मत परिणाममा कुनै पनि चुनौती देखिएमा प्रान्तीय अदालतलाई यसको जिम्मा लगाउन सक्छन्।
त्यस्तै प्रान्तीय अदालतका न्यायाधीशले मत परिणामको चुनौतीलाई सही सावित गर्न र दोस्रो पटक मतगणना गर्नका लागि आदेश दिन सक्नेछन्। यदि यो चुनौती सर्वोच्च अदालतसम्म पुग्यो भने सर्वोच्चका न्यायधीशले प्रान्तीय अदालतको फैसलालाई रद्द गर्ने आदेश दिन पनि सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।