काठमाडौं– ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा करारमा कार्यरत हलुका सवारी चालक धनबहादुर तामाङ र लेखापढी व्यवसायी रामानन्द चौधरी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहलाई सेवाग्राहीहरुसँग ८ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार पक्राउ गरेको हो।
वैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस माग्ने गरेको भन्ने उजुरी अख्तियारमा पुगेको थियो। त्यसपछि स्टिङ अपरेशनमा खटिएको अख्तियारको टोलीले ८ हजार रुपैयाँ घुस लिँदै गरेको बेला कार्यालय परिसरबाटै उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।