काठमाडौं–नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका थप दुई सदस्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नुअघि गरिएको परीक्षणमा थप दुई खेलाडीमा कोरोना देखिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बंगलादेश जाने टिमको पिसीआर टेस्ट गरेको थियो । जसमा २ खेलाडीलाई पोजिटिभ देखिएको हो।
एन्फाले कोरोना देखिने खेलाडीको नाम गोप्य राखेको छ। उनीहरुलाई आइसोसेलनमा पठाईएको छ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। जसका लागि एन्फाले प्रारम्भिक प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएको थियो। प्रारम्भिक प्रशिक्षण अघि नै ५ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। एन्फाले कोरोना देखिने ७ खेलाडीको नाम बंगलादेश जाने टिमबाट समेत हटाएको छ । नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।