• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लकडाउनले शिक्षकलाई उद्यमी बनायो

64x64
ललित बोहरा बुधबार, कात्तिक १९, २०७७  ०६:०३
1140x725

डडेल्धुरा- डडेल्धुराको अमरगढी-५ का रामशरण रोका विगत १० वर्षदेखि शिक्षण पेसामा थिए। लकडाउन अघिसम्म उनको जीवन सहज नै थियो। शिक्षण पेसामा रमाइरहेकै थिए। परिवारको दैनिकी चलाउन उनलाई असहज लागेको थिएन। 

तर चैत ११ बाट भएको लकडाउनले डडेल्धुराकै एक निजी विद्यालयमा अध्यापन गराइरहेका रामशरणलाई कोरोना भाइरसको महामारीले निकै सतायो। उनी जस्तै निजी संस्थामा काम गरेर खानेहरूको गुजारा चलाउन कठिन बनाइदियो। लकडाउनमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार भए। लकडाउनको असहज अवस्थामा विद्यालय संचालक र सरकारले पनि निजीका शिक्षक र कर्मचारीलाई सौतेलो व्यवहार गरेको उनको गुनासो छ। 

लामो समय अरुको प्रतीक्षामा बस्ने उनीसँग समय थिएन। खानलाउन नै समस्या भएका बेला अरूको मुख ताक्नु भन्दा केही गरौँ भनेर विकल्प खोज्नतिर लागे उनी। आफूले गर्दै आएको काम रोकिँदा परिवारको गुजारा चलाउन नसक्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ। रामशरणले पनि त्यही पीडा भोगे। तर त्यही पीडालाई उनले प्रेरणाको स्रोत बनाए।

पहिले पोखरामा बसेकाले त्यताका पनि उनका थुप्रै साथी छन्। कोरोनाका कारण बेरोजगार भएको समयमा एकदिन उनको पुराना साथीहरूसँग फोनमा कुराकानी भयो। साथीहरूको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न उनी निकै प्रेरित भए। सबै कुरा मिल्दै जान थाल्यो। उद्योग खोले पनि। 

सदरमुकामको विद्युत रोड छेउमै उनको चप्पल उद्योग छ। ‘सफल चप्पल उद्योग’का नामले उनी उद्योग सञ्चालन गरेका छन्। ८ लाख लगानी गरी विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ उत्पादन पनि शुरू गरेको उनले सुनाए।

‘घरमै बसेर के गर्नु' भनेर धेरैसँग सुझाव लिएँ। फेरि सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा थिएन। बजारको अध्ययन गरेपछि त उद्योग संचालन गरेको हुँ,’ उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले कतै पनि चप्पल उद्योग छैन। ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने योजना छ हेरौँ कत्तिको सफल हुन्छ।’

उनले सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलो पटक चप्पल उद्योग सञ्चालनमा ल्याएपछि स्थानीयसहित यहाँका व्यापारीहरू पनि खुशी भएका छन्। उनी भन्छन्, ‘यहाँका व्यापारीहरूले महँगो भाडा तिरेर चप्पल आयात गर्नुभन्दा मेरै उत्पादत बेच्छौँ भनेका छन्। दिनमा एक हजारदेखि १५ सय जोर चप्पल उत्पादन गर्ने लक्ष्य छ। माग अनुसार बढाउन पनि सकिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

दैनिक ५ हजार आम्दानी गर्ने लक्ष्य
चप्पल उत्पादनबाट दैनिक पाँच हजार आम्दानी गर्ने लक्ष्य उनले बनाएका छन्। दिनमा पाँच सय जोर चप्पल बेच्न सके दैनिक ५ हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ।

‘चप्पलको मूल्य एक सय रूपैयाँ हाराहरी आउँछ। सबै ठाउँबाट माग आए अर्को मेसिन पनि ल्याउने विचार गरेको छु,’ उनले भने, ‘सुलभ मूल्य हुने हुँदा तराईबाट समेत माग आउन सक्छ।’

बेरोजगारलाई रोजगारी
अहिलेलाई घर परिवारका सदस्यको सहयोगमा उनले उद्योग संचालन गरिरहेका छन्। उद्योग सञ्चालनमा आउने बितिकै  कम्तीमा ५ जनालाई रोजगारी दिन सकिने उनको भनाइ छ।

बेरोजगार बसेका घरका सदस्यहरूलाई समेत रोजगार दिने उनको योजना छ। ‘सुरूमा सञ्चालनमा आउँदा घरकै परिवारका सदस्यहरू मिलेर काम गछौँ। अनि उद्योग विस्तार गरेर वेरोजगार युवाहरूलाई रोजगारी दिने सोचमा छु,’ उनले भने।

रोजगारी नपाएर थुप्रै युवाहरू बेरोजगार छन्। नेपाली युवालाई रोजगारी दिन सके एक/दुई जनालाई भएपनि आफ्नै देशमा रोक्न सकिने उनको छ।

स्थानीय तहको आश्वासन
रामशरणले स्थानीय तहबाट समेत उद्योग संचालनका लागि सहयोग पाइरहेको बताए। उद्योग सञ्चालनका लागि सामग्री डडेल्धुरा पुर्‍याएकै दिन अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले फोन गरेर सहयोग गर्ने वचन दिएको उनी बताउँछन्।

‘फोन गरेको दोस्रो दिन नगरप्रमुखज्यु आफैँ यता आउनु भयो। अनुगमन गरेर जानु भयो,’ उनले भने, 'स्थानीय उत्पादनलाई प्राथमिकता दिन आफूले पनि सक्दो सहयोग गर्ने बताउनु भएको छ। उत्पादनको बजारीकरणमा सहयाग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्