कतार- कतारका राजकुमार मोहम्मद विन अब्दुल्लाह अल थानी सोलुखुम्बुको आमादब्लम (६८१२ मिटर) हिमालको आरोहणका लागि प्रस्थान गरेका छन्।
कात्तिक ४ गते नेपाल आएका राजकुमारको टोली एक साता काठमाडौंको होटल क्वारेन्टाइनमा बसेपछि कात्तिक १० गते कैलाश एयरको हेलिकप्टरमार्फत् लुक्ला गएका हुन्।
लुक्लाबाट उनको टोली पैदल यात्रा गर्दै हिमाल चढ्ने कार्यक्रम रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।