काठमाडौं–अखिल नेपाल फुटबल संघ(एन्फा)को शनिबार हुन गइरहेको निर्वाचनमा अध्यक्षका उम्मेदवार मणि कुँवरले बहिष्कार गर्ने भएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले चुनावमा भाग नलिने जानकारी गराएका हुन्।
बिधिसम्मत रुपमा निर्वाचन निर्वाचन प्रक्रिया अघि नबढेकाले भन्दै चुनावमा भाग नलिने उनले जानकारी गराएका छन्। उद्यपी चुनावमा हार्ने आँकलन गरेर उनले भाग नलिने निर्णय गरिएको उनका प्रतिस्पर्धीहरु बताउँछन्।
चुनाव रोक्न माग गर्दै उनको समूहले सोमबार अदालतमा मुद्दा दायर गरेका थिए। तर, अदालतले चुनाव रोक्न कुनै आदेश नदिएपछि उनले भाग नलिने निर्णय गरेका हुन्। कुँवर एन्फाका पूर्वअध्यक्ष गणेश थापाको सहयोगमा एन्फा अध्यक्ष हुने प्रयासमा थिए। तर, पछिल्लो समय चुनावी माहोल आफु अनुकुल नभएपछि उनी अदालत गएका थिए।
उनले भाग नलिएसँगै एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित हुने निश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।