काठमाडौं–डच क्लब आयाक्सका ११ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ खेलाडीमा कोरोना देखिएको हो।
आयाक्सले सोमबार आफ्ना टिमका ११ खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको छ। टिमका ११ खेलाडी कोरोना संक्रमित भएपछि आयाक्स १७ खेलाडीसहित डेनमार्कको भ्रमणमा निस्किएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको तेस्रो खेलमा आयाक्सले एफसी मिद्त्जील्यान्डसँग उसैको मैदानमा खेल्नेछ ।
समूह ‘डी’ मा रहेका आयाक्स र मिद्त्जील्यान्डबीचको खेल बुधबार हुनेछ। यस समूहमा आयाक्सले १ अंक जोडेको छ । मिद्त्जील्यान्ड भने अंकविहीन रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।