काठमाडौं- पर्यटकीय क्षेत्र लाङटाङका सबै होटल बन्द भएका छन्। कोरोना भाइरसको संक्रमण फैलन जोखिम रहेको भन्दै लाङटाङ क्षेत्रका सबै होटल केही महिनाका लागि बन्द गरिएको गोसाइकुण्ड गाउँपालिकाको वडा नम्बर ४ कार्यालयले जानकारी दिएको छ।
सोमबार वडा कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ४ होटेल व्यवसायी समितको निर्णय अनुसार होटल बन्द गरिएको वडा कार्यालयको भनाइ छ।
वडाका रिम्छे, लामा होटेल, रिभर साइड, गुम्बा डाँडा लगायतका स्थानमा कोभिडका कारणले होटलहरू बन्द गरिएको हो। यस्तै वडा नम्बर ६ धुन्चेमा कोरोना फेलिएकाले लाङटाङका होटल बन्द गरिएको वडा कार्यालयले जानकारी दिएको हो।
क
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।