काठमाडौं- तेन्जिङ्गहिलारी एभरेस्ट म्याराथनको आयोजक समितिले नेपालका लागि स्वर्गीय ब्रिटिश राजदूत रिचर्ड मोरिसको सम्झनामा रिचर्ड मोरिस सम्मान पुरस्कार घोषणा गर्ने निर्णय गरेको छ। यो पुरस्कार २०२१ मा मे २०२१, मे २९ मा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको एक सर्वश्रेष्ठ धावकलाई पुरस्कृत गरिनेछ।
महामहिम रिचर्ड मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । केहि समय अगाडी लन्डनमा उनको मृत्यु भयो। रिचर्ड मोरिसले तेन्जिङ्ग हिलारी एभरेस्ट म्याराथनमा दुई पटक भाग लिएका थिए। पहिलो पटक उनले २०१६ मा लुम्बिनीको माया देवी मन्दिरबाट ओलम्पियन बैकुंठ मानन्धर र उनको टीमले बोकेर ल्यएको बुद्ध दीप त्याङबोचे गुम्बा बाट नाम्चे बजारसम्म ८ किलोमिटर ८४८ मिटरको सगरमाथाको उचाइको बराबर दूरी पूरा गरेका थिए। भने दोस्रो पटक २०१९ मा ४२.१९५ किलोमिटर ओलम्पिक मानकको दूरीको म्याराथन पूरा गरेका थिए।
म्याराथन समितिले अर्को वर्षदेखि उनको श्रध्दाञ्जली स्वरुप सगरमाथा को बराबर उचाइ झल्किने ८ किमी ८४८ मि को दूरीमा महामहिम राजदूत माउन्ट एभरेष्ट ट्रेल रन’ को नाममा एउटा छुट्टै दौड प्रस्तुत गर्ने निर्णय गरेको छ।
आफ्नो कार्यकालमा उनले २०० वर्षको नेपाल ब्रिटिश कूटनीतिक सम्बन्धको उत्सवमा निर्णायक भूमिका खेले थिए। उनले यस उत्सवको एक हिस्साका रूपमा नेपालमा राजकुमार ह्यारीको उच्चस्तरीय भ्रमणको आयोजना गरे। उनी एक राम्रो म्याराथन धावक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।