काठमाडौं- राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले २६ वर्षदेखि प्रयोग गर्दै आएको सिटा फ्लाइट प्लानिङ सफ्टवेयर परिर्वतन गरेको छ।
एयरलाइले एयरबस कम्पनीको आधुनिक नाभब्लू फ्लाइट प्लानिङ (एन–एफपी) लागू गरेको छ। यसमा मौसम पूर्वअनुमान, नोटाम रेम प्रेडिक्सन, ओभर फ्लाइ चार्ज, रुट र फ्युल अप्टिमाइजेसनलगायतका विशेषताहरु रहेको एयरलाइन्सले जनाएको छ।
यो परिर्वतनले निगमले हाल चलाई आएको प्रणालीको तुलनामा ३० प्रतिशत खर्च बचत हुने दाबी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।