काठमाडौं– काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली टिकापुर घर भई काठमाडौं बानेश्वर बस्ने १८ वर्षीय एक किशोर छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।