काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई आर्सनलले १-० ले हरायो। जुन म्यानचेस्टर युनाइटेडविरुद्ध आर्सनलले १४ वर्षपछि जित निकालेको हो।
खेलको ६९औँ मिनेटमा पोउल पोग्बाले आर्सनलका हेक्टर बेलेरिनलाई फोउल गर्दा आर्सनलले पेनाल्टी पाएको थियो। जसमा पिएरे एमेरिक ओउबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे। जसमा आफ्नो असाबधानीका कारण गोल खान पुगेकाले पोग्बाले ‘मुख्र्याइँपूर्ण गल्ती’का कारण हार्नुपरेको बताएका छन्।
‘त्यतिबेला म अलि अतालिएकै थिएँ होला जसले गर्दा नराम्रो गल्ती हुन पुग्यो। मैले उनलाई छोएँ भन्ने लागिरहेको थियो जतिबेला डिबक्स भित्र नै थिएँ। त्यस्तो तरिकाले मैले विपक्षीलाई पेनाल्टीको अवसर दिनु हुँदैन थियो। डिबक्सभित्र डिफेन्समा मेरो खेल राम्रो भइरहेको छैन’ उनले भनेका छन्।
जितसँगै आर्सनलले ७ खेलमा १२ अंक बनाएको छ। म्यानचेस्टर युनाइटेडको ६ खेलमा ७ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।