काठमाडौं–जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ नेतृत्वको टोली जुगल हिमशृंखलाका हिमालको सफल आरोहण गरेर फर्किएको छ। राजधानीबाट नजिकैको मानिने जुगल हिमाल र हिमशृंखला आरोहणमा सोही हिमाल पर्ने गाउँपालिकाकै उपाध्यक्ष नेतृत्वको टोली आरोहणमा गएका थिए । शुक्रवार ग्याल्जेन पिक सफल आरोहण गरेर फर्केको उनले बताइन्।
उपाध्यक्ष तामाङको टोली असोज २७ गते जुगल हिमशृंखला आरोहणका लागि गएको थियो। जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक आरोहणका लागि उनीहरु गएका थिए। ६ हजार १५१ मिटर उचाइमा रहेको यो हिमाल राजधानीबाट नजिकको उत्कृष्ट गन्तव्यको सूचीमा रहेको मानिन्छ।

जुगल गाउपालिका–३ को उत्तरी भेगमा रहेका श्रृंखलाका ११ वटा चुचुरामा मात्र आरोहणका लागि अनुमतिप्राप्त छ। यो क्षेत्रमा तीन हजार ५ सय मिटरको उचाइमा रहेको ने–पेमाशालको मनोरम दृश्य, उच्च भूभागमा रहेको फराकिलो मैदान, नजिकै ब्रह्मायणी नदी, जंगलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा रहेको छ।
काठमाडौंबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुला गरेको धेरै वर्ष भएको छैन। सरकारले २०७५ चैतमा पहिलो पटक जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो।
ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक हो। योसँगै अब आरोहणका लागि ४ सय १५ हिमाल खुला भएका छन्। अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ।
यसपछि २०७५ चैत २७ गते भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा पहिलोपटक मानव पाइला पुगेको थियो। चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली २७ गते साँझ ५ः२० बजे शिखरमा पुगेको थियो। सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण सुरु भएको थियो। उपमेयर तामाङसगै शर्मिला लामा स्याङ्तान, सार्की शेर्पा, आङ छिरिङ शेर्पा , आङ दोर्जे शेर्पा , पेम्बा तामाङ (श्याम तामाङ) , पासाङ काजी शेर्पा , मिलन लामालगायत थिए।
गाउँपालिकाको उद्धेश्य र योजनालाई दृढतापूर्वक मनन गरि ऐतिहासिक ग्याल्जेन पिक आरोहणमा सहभागी भएर सफल भएको उनले बताइन। ‘जुगल पर्यटन प्रवद्र्धनका लागि चाहिने मुख्य कुरा भनेको म्याप अप्टिमाईज मुख्य कुरा हो अनि होमस्टे, खाना पकाउने तालिम संचालन, पर्यटकलाई गर्नु पर्ने सत्कार सम्मान, क्याम्प साईट निर्माण, पर्यटन शिक्षा, प्राकृतिक श्रोत साधनलाई प्रयोग गरेर लाभदायक लिन सकिन्छ,’ उनले भनिन्। यो क्षेत्रको बिषयमा चेतनाको विकास, पर्यटनमुखी कृषि क्ष्ाँत्रमा विकास सँगै अगाडि बढाउनु पर्ने उनले बताइन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।