नवलपरासी- शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आइतबार पक्राउ परेका छन्। कात्तिक ४ गते दिउँसो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए।
पक्राउ परेका दुवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ। विवाह नगरी बच्चा जन्मिएपछि उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।