काठमाडौं- १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ पवित्रनगरबाट बा ९० प ६२८९ नम्बरको स्कुटरबाट १० किलो गाँजा प्रहरीले बरामद गरेको हो।
स्कुटरबाट गाँजा निकाल्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोरखाको भिमसेन थापा गाउँपालिका–६ घर भएका २२ वर्षीय राहुल लम्साल, धादिङको गल्छी गाउँपालिका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथरको हिलिहाङ गाउँपालिका-६ का १९ वर्षीय गणेश मैनाली छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।