काठमाडौं–पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवा खालबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तरकुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन् । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ।
खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए। २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।