काठमाडौं–ला लिगामा बार्सिलोनाले लगातार खराब प्रदर्शन जारी राखेको छ। उसले लगातार चौथो खेलमा पनि बराबरीमा चित्त वुझाउनु परेको छ।
लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित भएको एलाभेससँग १–१ को बराबरीमा रोकियो। ३१ औँ मिनेटमा रिओजाको गोलबाट घरेलु टोली एलाभेसले अग्रता लियो।
६२ औँ मिनेटमा जोटा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एलाभेस १० खेलाडीमा सीमित भयो। ६३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए।
एलाभेसका गोलरक्षकले आन्सु फाती, लियोनल मेस्सी, मिलालेम प्जानिक र सर्गिनो डेस्टको प्रहार रोके। बराबरीपछि १२ औँ स्थानको बार्सिलोनाको ६ खेलबाट ८ अंक भएको छ । एलाभेस समान ८ अंकसहित १३ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।