तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेका कृषक धान बताउँदै। धान झारेपछि नाङ्लोले बताएर धुलो उडाउने गरिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस काठमाडौं- यतिबेला कृषकहरूलाई धान थन्क्याउन भ्याइनभ्याइ हुन थालेको छ। देशका अधिकांश स्थानमा लगाइएको धान पाक्न थालेपछि कृषकहरूको व्यवस्तता बढेको हो।
यस वर्षको मनसुनमा प्रशस्त पानी परेकाले देशका अधिकांश स्थानमा धानखेती राम्रो भएको मानिएको छ। धान थन्क्याउने समयमा मौसम खुलेकाले पनि धानपराल थन्क्याउने व्यस्तता बढेको हो।
धान नेपालको मुख्य बाली हो। देशको कूल गार्हस्थ्य उत्पादनमा पनि धानको योगदान महत्वपूर्ण मानिन्छ।
देशका विभिन्न स्थानमा भइरहेका धान थन्क्याउने कामसँग सम्बन्धित राससमा प्रकाशन भएका केही तस्बिरहरू हामीले संकलन गरेका छौं। हेरौं केही तस्बिरः
पाल्पा रामपुर नगरपालिका वडा नं ५ स्थित राङ्भाङ्ग खेतमा धान काट्दै कृषक। तस्बिर : सुशीला रेग्मी/रासस
पाल्पाको रामपुरमा पहिलो पटक मेसिनबाट धान काटिँदै। समय र खर्च कम हुने भएकाले धान कृषकले मेसिन प्रयोग गर्न थालेका छन्। तस्बिर : पवित्रा घिमिरे/रासस
कञ्चनपुर सिसैयाका किसान धान थ्रेसिङ गर्नका लागि खेतबाट डनलवमा ल्याइएको धानको कुन्यु लगाउँदै। तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस
तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेका कृषक धान बताउँदै। धान झारेपछि नाङ्लोले बताएर धुलो उडाउने गरिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको वन्साहाका बालबालिका पराल बोकेर गन्तव्यमा जाँदै। गाईगोरुलाई चारोका रुपमा पराल खुवाइने गरिन्छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।