एजेन्सी– आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले कमजोर फिल्डिङ गरेको भन्दै आलोचना भएको छ। कप्तान महेन्द्रसिंह धोनीले पनि कमजोर फिल्डिङका कारण बिहीबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग ६ विकेटले पराजित भएको स्विकार गरेका छन्।
इडन गार्डेनमा भएको खेलमा चेन्नईले दिएको १ सय ७८ रनको लक्ष्य कोलकताले ४ विकेटको क्षतिमा १४ बल बाँकी छदा पार गर्यो। कोलकाताका लागि शुभमान गिलले नटआउट ५७ रन जोडे। भारतको यु–१९ टिमका ब्याट्सम्यान गिलले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
कप्तान दिनेश कार्तिकको नटआउट ४५ रन पनि कोलकाताका जितमा महत्वपूर्ण रह्यो। त्यसअघि ओपनिङ ब्याट्सम्यान सुनील नारिनले २० बलमा ३२ रन जोडेका थिए। चेन्नईले दुई पटक क्याच मिस गर्दा नारिनले कोलकतालाई अघि बढाएका थिए। दुवै क्याच चेन्नईका रविन्द्र जडेजाले मिडअफमा लिन असफल भएका थिए।
त्यसअघि धोनीले २५ बलमा नटआउट ४३ रन जोड्दा चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो।
आइपिएलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादको ८ खेलबाट १२ अंक, चेन्नईको ९ खेलबाट १२, कोलकताले ९ खेलबाट १० र किंग्स इलावेभन पञ्जावको ७ खेलबाट १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।