काठमाडौं–इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणमुक्त भएका छन्।
युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको हो। रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोनामुक्त भएका हुन्।
नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित भएपछि रोनाल्डो दुई सातादेखि मैदान बाहिर रहँदै आएका छन्। नेसन्स लिगअन्तर्गत स्वीडेनसँगको खेलअघि रोनाल्डोलाई कोरोना देखिएको थियो।
३५ वर्षीय फरवार्डले स्वीडेनसँगको खेल गुमाएका थिए। यस्तै सिरी ए को दुई र च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दुई खेल पनि उनले गुमाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।