काठमाडौं- कोरोना माहामारीका कारण सात महिनाभन्दा लामो समय मैदानबाहिर रहेको नेपाली फुटबलमा चहलपहल सुरु भएको छ। नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिमबीच कात्तिक २८ र मंसिर २ गते मैत्रीपूर्ण खेल हुने तय भएसँगै खेलाडीहरु अभ्यासमा जुटेका हुन्।
चैत पहिलो सातादेखि मैदानबाहिर रहेका खेलाडीहरु आफूहरुमा फिटनेसकै समस्या देखिने र खेलको लय गुम्ने भन्दै निरन्तर चिन्ता व्यक्त गरिरहेका थिए। विश्वकप छनोटका खेलहरु लगायत महत्वपूर्ण प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने खेलाडी लामो समय मैदानबाहिर रहेकाले एन्फाले मैत्रीपूर्ण खेलमार्फत मैदान फर्काउने तयारी गरेको हो। अभ्यासमा स्वास्थ्य सुरक्षाका मापदन्डहरु अपनाएर काम गरिएका छन्। अभ्यास बिहीबारदेखि सुरु गरिएको हो।
राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये ५ खेलाडीमा कोरोना संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। बुधबारसम्म सबै खेलाडीलाई काठमाडौं बोलाएर एन्फाले प्रशिक्षणमा सामेल हुनुअघि कोरोना परीक्षण गराएको थियो। संक्रमण देखिएका खेलाडीहरुलाई छुट्टै राखेर स्वास्थ्य हेरविचार गरिएको एन्फाले जनाएको छ।
यसरी हुँदैछ अभ्यास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।