• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्ड संवादहीनताले नेकपामा उकुसमुकुस

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १४, २०७७  १५:०४
1140x725
फाइल फोटो

काठमाडौं- सत्तारुढ नेकपामा विवाद उत्कर्ष पुगेपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवाद रोकिएको छ। गत कात्तिक ४ गतेयता दुई अध्यक्षबीच संवाद नै हुन नसकेको उनीहरु निकटका नेताहरुले बताएका छन्। परिणामतः पार्टीमा उकुसमुकस सिर्जना भएको छ।

संवादहिनताकै ओली निकटका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ तथा प्रदीप ज्ञवालीले प्रचण्डलाई भेटेर संवादमा जोडिन आग्रह गरिरहेका छन्। तर प्रचण्डले भने  अर्का अध्यक्ष ओलीलार्ई भेटेर संवाद गर्नुको कुनै औचित्य नै नभएको भन्दै ती नेताका आग्रहलाई अस्वीकार गर्दै आएका छन्।

भदौ २६ गतेको स्थायी कमिटी बैठकलाई सम्पूर्ण विवादको ‘कटअफ डेट’ को रुपमा व्याख्या गरिएको थियो। त्यही बैठकपछि पार्टीभित्रको विवाद पनि नबल्झाउने र सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्ने सहमति भएको थियो। तर,फेरि स्थायी कमिटी र सचिवालय बैठकका निर्णयलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेपछि प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल समूह चिढिएका हुन्।

अविश्वास प्रस्तावको हल्ला
पार्टी र सरकार दुवैतिर अल्पमतमा परेका कारण प्रधानमन्त्री ओली सशंकित अवस्थामा छन्। आफू विरुद्ध जुनसुकै बेला मोर्चाबन्दी हुन सक्ने भएका कारण ओली समूहले बेलाबखतमा विभिन्न हल्ला मच्चाउने गरेको नेकपाकै नेताहरु बताउँछन्। त्यस्ता हल्ला विशेषगरी अन्य समूहका नेतालाई तर्साउन र कार्यकर्ताको सेन्टिमेन्ट लिन प्रयोग हुँदै आएका छन्।

प्रधानमन्त्री ओलीले दललाई फुटाउन सजिलो हुनेगरी गत वैशाख ८ गते अध्यादेश ल्याएर पार्टीमा निक्कै ठूलो खैलाबैला मच्चाएका थिए। अध्यादेश ल्याएर पार्टी फुटाउन थालेको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरु निक्कै त्रसित भएका थिए। त्यसै बीचमा आफू निकट नेताहरुलाई एमाले नाममै निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लगाएर पार्टीमा अरु नेतालाई तर्साएका थिए। तर आफू निकटकै नेताले पार्टी दर्ता गराएका हुन् भनेर ओलीले स्वीकार गरेनन्। पार्टीभित्र र बाहिर अध्यादेशको निकै विरोध भएपछि त्यसलाई फिर्ता लिइयो।

स्थायी कमिटी बैठककै बीच असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीका दिन ओलीले आफ्नो सरकार हटाउन भारतले षडयन्त्र गरेको र आफ्नै पार्टीका नेताले साथ दिइरहेको बताए। त्यसले थप विवाद सिर्जना गर्‍यो। सोही अभिव्यक्तिका कारण स्थायी कमिटीको एजेन्डा गौण भएर ओलीको राजीनामा मुख्य विषय बन्यो। प्रचण्ड लगायत कैयौंले उनको राजीनामा माग गरे। पार्टीमा आफू विरुद्ध मोर्चाबन्दी हुने देखेपछि ओलीले नेता कार्यकर्ताको सेन्टिमेन्ट लिन त्यस खालको अभिव्यक्ति दिएको कतिपय नेताको आरोप थियो।

अहिले फेरि ओली पक्षका नेताहरुले प्रचण्ड-नेपाल समूहका नेताहरुले अविश्वास प्रस्ताव ल्याउन खोजेको भन्दै हल्ला गरिरहेका छन्। अविश्वास प्रस्ताव दसैं लगतै आउँदै छ भन्ने विषय गत बुधबारदेखि सार्वजनिक भइरहेका छन्। 

राष्ट्रवादी सरकारलाई प्रचण्ड-नेपाल समूहका नेताहरुले हटाउन लागेको भन्दै हल्ला फिँजाएर ओली समूहले कार्यकर्ताबाट सेन्टिमेन्ट लिन खोजेका छन्। पार्टीमा अविश्वास प्रस्ताव आउन लागेको विषयमा ओली, प्रचण्ड र नेपाल समूहका नेताहरुले कुनै तयारी नभएको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीमा विवाद हुँदा बित्तिकै अविश्वास प्रस्ताव आइहाल्छ भन्ने अवस्था नरहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दाबी गरे। ‘अहिले पार्टीमा सामान्य विवाद छ। शीर्ष नेताहरु छलफल गरे हल हुन्छ’, पौडेलले भने, ‘तत्कालै अविश्वास प्रस्ताव आउँछ जस्तो लाग्दैन।’

बरु पार्टीभित्रको विवाद समाधान गर्न कुनै नयाँ समझदारी हुन सक्ने पौडेलले बताए।

यस्तै ओली निकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अविश्वास प्रस्तावका विषयमा आफूलाई जानकारी नभएको बताए। आफूले पनि अविश्वास प्रस्ताव आउँदैछ भन्ने हल्ला मात्रै सुनेको नेम्वाङले बताए।

प्रचण्ड-नेपाल समूहका असन्तुष्टि
यसअघि स्थायी कमिटी बैठकमा ओली विरुद्ध प्रचण्ड-नेपाल समूह सशक्त रुपमा लागेको थियो। ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउन भरमग्दुर प्रयास गरेका थिए। नेपाल समूहका नेता ओली विरुद्ध एक ढिक्का भई उभिएका थिए। तर, प्रचण्ड समूहका नेताहरुले उनलाई दह्रो साथ नदिएपछि गलेका थिए। उल्टै प्रचण्डका आफ्नै भनिएका नेताहरुले ओलीसँग मिल्नुपर्छ भन्दै लबिङ गर्न थालेपछि प्रचण्ड-नेपाल समूहको मोर्चा कमजोर भएको हो। नेपाल समूहसँगको मोर्चा कमजोर भएपछि प्रचण्डले ओलीसँग मिलेर जानका लागि विवाद समाधान कार्यादल गठन गरी निकास खोजेका थिए।
 
कार्यदलले दिएको सुझावलाई अर्का अध्यक्ष ओलीले निरन्तर लत्याएपछि फेरि पार्टीभित्रको विवाद पुरानै अवस्थामा पुगेको छ। पार्टीभित्रको विवाद शृंखला राजदूत नियूक्तिलाई लिएर सुरु भएर मुकेश चौरसिया हत्यासम्म आइपुगेको छ। 

Xtrem

Xtrem

ओलीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई सिफारिस गर्दा पार्टीमा परामर्श नै गरेनन्। एकैपटक मन्त्रिपरिषदबाट राजदूतहरु सिफारिस भएपछि मात्रै प्रचण्ड-नेपाल समूहले थाहा पाएका थिए।

दुई अध्यक्षबीच संवाद भइरहेको तर सहमति भइनसकेको अवस्थामा ओलीले मन्त्रिपरिषद्मा सदस्य थपिदिए। यसले प्रचण्ड-नेपाल समूहमा थप असन्तुष्टि बढाएको छ। उनीहरुको चाहना विवादित र प्रभावकारी काम गर्न नसकेका १० देखि १२ जनासम्म मन्त्रीलाई हटाउने थियो। तर, ओलीले रिक्त मन्त्रालयमा आफू निकटलाई मात्रै मन्त्री बनाएपछि थप चित्त दुखाई भएको हो।

कर्णाली विद्रोहमा समेत ओली प्रचण्डबीच एक मत नहुँदा विवाद चुलिएको छ। फरकफरक निर्देशन नै दिनुपर्ने अवस्था आयो।

यस्तै, पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यालाई लिएर पार्टीमा विवाद उत्पन्न भएको छ। चौरसियालाई ओली समूहले हत्या गरेको भन्दै प्रचण्ड समूहले कारबाही गर्नुपर्ने भन्दै हप्ता दिनयता प्रयास गर्दै आएको छ। निरन्तरको दबाबपछि चौरसिया हत्याको आरोपीको किटानी जाहेरी प्रहरीले दर्ता गरेको छ।

यस्तै, पार्टी महाधिवेशनमा जान सक्रिय सदस्यताको असोजभित्रै टुंगो लगाउने भनिएको थियो। असोज महिनाभित्रै बाँकी रहेको एकताका सम्पूर्ण काम पूरा गर्ने भनिएको थियो। यस्तै असोज महिनाभित्र पार्टी  सक्रिय सदस्यको नवीकरण प्रदेशमा सिफारिस गरिसक्ने अन्तर पार्टी निर्देशनले सुझाव दिएको थियो। तर, ओलीले एकताका बाँकी काम र पार्टीलाई महाधिवेशनमा लग्ने प्रयासलाई बेवास्ता गरिदिएपछि प्रचण्डमा चित्त दुखाई भएको हो। पार्टीमा सहमति गर्ने तर कार्यान्वयन गर्न कुनै तत्परता नदेखाएको प्रचण्डको गुनासो छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १५:०४
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
सम्बन्धित सामग्री
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार... बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ ग... बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्