काठमाडौं–युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन्। बिहीबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्वय आर्सनल र लेस्टर विजयी बनेका हुन् ।
आर्सनलले समूह बीको खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कलाई ३–० गोलले पराजित ग¥यो। आर्सनलको जितमा एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले समान एक–एक गोल गरे।
लण्डन क्लब समूह चरणको सुरुवाती दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। डुनडल्क अंक विहिन हुँदै पुछारमा छ
समूह जीको अर्को खेलमा लेस्टर सिटीले ग्रिकको क्लब एइके एथेन्ससंग २–१ को जित निकाल्यो। जेमी भार्डीको पेनाल्टीमा पाहुना टोली लेस्टरले सुरुवातमै अग्रता बनाएको थियो । हमजा चोधरीले ३९ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए।
घरेलु टोलीका मुअम्बर टेन्कोविकले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए। सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर शीर्ष स्थानमा छ। एथेन्स क्लब अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।