एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र फ्रेन्च क्लब मार्सेलीबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार राति सेमिफाइनलको दोस्रो लेग सकिएसँगै दुई टिमले फाइनल यात्रा तय गरेका हुन्।
एट्लेटिकोले इंग्लिस क्लब आर्सनललाई समग्रमा २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। एट्लेटिकोले घरेलु मैदानमा भएको दोस्रो लेग १–० गोलले जित्यो। एट्लेटिकोको जितमा डिएगो कोस्टाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेका थिए। यसअघि भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो।
यता मार्सेली भने दोस्रो लेगमा हारका बावजुद फाइनलमा पुग्न सफल भयो। मार्सेली दोस्रो लेगमा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग २–१ ले पराजित भयो। पहिलो लेगमा २–० गोलको जित निकालेको फाइदा उठाउँदै मार्सेलीले समग्रमा ३–२ को नजितासहित उपाधि नजिक पुग्न सफल भयो।

मार्सेलीका लागि थप गरिएको समयको २६ मिनेटमा पोर्चुगिज डिफेन्डर रोनाल्डोले गरेको गोल बरदान सावित भयो। त्यसअघि खेलमा रेडबुलले २–० को अग्रता लिँदा खेल समग्रमा २–२ को बराबरी भएको थियो।
युरोपा लिगको फाइनल १६ मेमा लियोनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।