दार्चुला- दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ घोडेभित्तामा ट्याक्टरमा च्यापिएर बुधबार राति दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो। ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताउनुभयो।
अहिले सबैलाई पोष्टमाटमका लागि गोकुलेश्वर अस्पताल ल्याइएको छ। दाङबाट मृतकका आफन्त आइपुगेपछि पोष्टमाटम गरिने प्रहरी निरीक्षक चन्दले बताउनुभयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।