काठमाडौं–चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका प्रहरीले बरामद गरेको छ। प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिका–४ का ३० वर्षीय नवीन जोशीलाई गत आइतबार पक्राउ गरेको हो।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाईछिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानी पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाकासहित रौतहट राजदेवी नगरपालिका ६ का ३२ वर्षीय पिन्टु जैसवाललाई गत सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना ६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।