काठमाडौं–नेपाल राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गते सम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले १६ गते दिउँसो साढे ३ बजेसम्म ब्याजदर तोकेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने गरी सूचना प्रकाशन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।