काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ देखि काठमाडौंमा सुरु हुँदै छ। चैत २८ र २९ गतेका लागि तय भएको साधारण सभा कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएकोमा मंसिर ११ गतेदेखि १३ गतेसम्मका लागि नयाँ मिति तय भएको हो।
साधारण सभाका लागि गृह मन्त्रालयले समेत सहमति दिएसँगै मंसिरमा निर्वाचन हुने निश्चितजस्तै भएको छ।
निर्वाचनका लागि निर्वाचन कमिटिले मनोनयन दर्तासमेत खुल्ला गरिसकेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले मनोनयन दर्तासमेत गरिसकेको छ।
अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार व्यवसायी किशोर प्रधानको समूहले भने केही दिनभित्रै मनोनयन दर्ता गर्ने तयारी गरेको छ।
महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान अनुसार शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन्।
५४ औं साधारण सभाबाट १ जना वरिष्ठ उपाध्यक्ष, एक जना एसोसिएट उपाध्यक्ष, एक जना वस्तुगत उपाध्यक्ष र एक जना जिज्ला नगर उपाध्यक्ष चयन हुनेछन्।
यसैगरी ६० जना कार्यकारिणी सदस्य चयन हुने छन्। जसमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७ जना, एसोसिएट तर्फबाट १८जना, बस्तुगतबाट १४ जना, जिल्ला नगरबाट १९ जना, द्विराष्ट्रियबाट १ जना र महासंघको संस्थापकहरुबाट १ जना सदस्य चयन हुने छ।
प्रतिस्पर्धामा को–को?
महासंघको ५४ औं साधारण सभाका लागि पदाधिकारीमा समूह बने पनि सदस्यका लागि भने समूह स्पष्ट खुलिसकेको छैन।
अध्यक्ष–शेखर गोल्छा (स्वत अध्यक्ष)
निर्वाचन हुने
- वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
- एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
- वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
- जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)
- कार्यकारिणी सदस्य–६० जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।